गनेसको स्टाटसले खिच्यो पोखरेलीको ध्यान, मेयरले खटाए प्राविधिक

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
Map

पोखरा । साहित्यकारको छवी बनाएका गनेस पौडेल पोखराका रैथाने हुन् । व्यवस्थित वसोवासका बारेमा चासो राख्ने र विषय उठान गरिरहने उनको परिवार पोखरा विमानस्थलका कारण पटक पटक विस्थापित भइसकेको छ । विमानस्थल निर्माणका क्रममा स्थानीयलाई कम वास्ता गरेर उठिवास लगाएकामा उनले आवाज उठाइ नै रहेका छन् । अर्बौं लगानीमा विमानस्थल बनिसक्दा समेत पानीको कटान व्यवस्थित नगर्दा आसपासको बस्ती नै उठ्ने खतरा अझै कायम छ ।

छिनेडाँडाका बासिन्दा गनेसले सोमबार दिउँसो गुगल म्याप नै राखेर एउटा स्टाटस लेखे । फेसबुक लगायत सामाजिक सञ्जालबाट टाढै बस्न रुचाउने उनी आक्कलझुक्कल स्टाटस लेख्छन् । सोमबार दिउँसोको स्टाटसले पोखरा र पोखराको विकासका बारेमा चासो राख्ने धेरैको ध्यान खिच्यो । त्यसो त गनेस गएको स्थानीय तहको चुनावमा मेयरमा स्वतन्त्र उम्मेदवार थिए ।

पोखराको जनसंख्या वृद्धिदर तीव्र छ । त्यसै अनुसार गाडीको चाप पनि बढ्दो छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइहाल्यो भने अझै गाडीको चाप बढ्ने छ । पाहुना थपिनेछन् । पोखरामा अहिले भइरहेका सडकवाहेक वैकल्पिक मार्गका बारेमा कमै चर्चा हुन्छ । प्रदेश र स्थानीय सरकारको ध्यान पनि त्यता पुग्न सकेको देखिँदैन । त्यसो त अहिले बनेको विमानस्थलबाट लेकसाइड जोड्नका लागि वैकल्पिक मार्गको परिकल्पना गरिएको छ ।

विमानस्थल, रामबजार, सीताराम पुल हुँदै बिरौटा जोड्ने बाटोको स्तरोन्नति गर्ने भनिएको छ । विस्तार भइसकेको बस्तीको बीचबाट ल्याउने भनिएको यो बाटो पोखराका मेयर धनराज आचार्यले भनेजस्तै प्रभावकारी हुनेमा शंका कायम छ ।

यसैबीचमा गनेसले पोखरा २६ र १४ जोड्ने गरी विजयपुरमा बनेको पुलको उपयोगिताका बारेमा लेखेको स्टाटसले पोखराका मेयर आचार्यको ध्यान खिचेको छ । एअरपोर्ट छेउ छिनेडाँडा नजिकैबाट विजयपुर जोड्ने गरी २ वर्ष अघि नै पुल बने पनि खासै प्रयोगमा आउन सकेको छैन ।

गनेसको स्टाटसमा प्रतिक्रिया दिँदै मेयर आचार्यले लेखेका छन्, घन्यवाद् सर प्राविधिक साथीहरु खटाएको छ, रिपोर्ट प्राप्त भएपछि के गर्न सकिन्छ अपडेट गराउने छु है ।

के छ गनेसको स्टाटसमा
चित्रमा गोलो लगाएको ठाउँ विजयपुर खोलामा बनिसकेको पक्की पुल हो । करिब २ सय मिटर बाटोको स्तरोन्नति गर्ने हो भने सबैखाले साना तथा मझौला सवारी साधनहरू त्यो बाटो हुँदै एअरपोर्टको छेवैछेऊ अमरसिंह चोक उता छोरेपाटनसम्म निस्किन सक्छन । यसले निर्माणाधिन पृथ्वी राजमार्ग र पृथ्वी चोकसम्मको ट्रफिक प्रेसर घटाउँछ । ढुँगेसाँघु र छोरेपाटन निस्किनेको लागि त दूरी पनि छोटो पर्छ ।
जम्मा २ सय मिटर बाटो पिच वा ढलान गरेमास या सामान्य ग्रेडिङ मात्रै गरे पनि पोखरेलीले हाइवेको सवारी जाम र धुलो मैलोको सास्ति कम खेप्नु पथ्र्यो ।
३ वर्ष अघि निर्माण भइसकेको र थोरै बजेटले सुचारू हुन सक्ने यो पुल सुचारू गर्न मैले १४ र २६ वडाका वडाध्यक्ष र मेयर धनराज आचार्यको पनि ध्यानाकर्षण गरेको थिएँ । तर पनि सक्रियता किन भएन थाह भएन ।
के तपाईंलाई त्यो बाटो र पुलको सान्दर्भिक महत्वको बारेमा थाह छ ?

Related News

सम्बन्धित समाचार

hero news full width