दशनामी समाजलाई कृष्णकुमारको १ करोड

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
dasnami

पोखरा । नेपाल दशनामी समाज केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनमा जुटेको छ । समाजको गण्डकी प्रदेश भेलामा सोको लागि १ करोड ८ लाख ६२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रतिबद्धता आएको छ । समाजका संरक्षक ८२ वर्षीय कृष्णकुमार गिरीले १ करोड सहयोगको घोषणा गरे ।

नेपाल दशनामी समाज गण्डकी प्रदेश कमिटी अध्यक्ष मोती गिरीले भेलामा उपस्थितबाट उक्र रबक सहयोग संकलन स्वघोषणाले अभियानमा सहयोग पुग्ने विश्वास गरे । उनका अनुसार भेलाले समाजको केन्द्रीय कार्यालयको घरजग्गा व्यवस्थापनका लागि अर्थ संकलन गर्न सञ्चालित मेची महाकाली अभियानलाई पूर्ण रुपमा समर्थन गरी सहयोगार्थ खटेर लाग्ने निर्णयसमेत गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष गोविन्द गिरीले संस्थाको विभिन्न जिल्लामा आ–आफ्नो भवन बनिसकेको जानकारी गराउँदै केन्द्रीय समितिको भवन अत्यन्त जरुरी रहेको र आफ्नो कार्यकालमा उक्त प्रतिज्ञा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । भेलामा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी, केन्द्रीय सचिव जगतमोहन गिरी, केन्द्रीय कावा महासचिव अशोक गिरी लगायतले आफ्नो संस्कृति, परम्परा र पहिचान कायम गर्न सम्पूर्ण दशनामीहरु संगठित हुनुको विकल्प नभएको बताए ।

सहयोग घोषणा गर्नेहरुमा कृष्णकुमार गिरीको १ करोडसहित केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरीले ३ लाख ५५ हजार, कास्कीका पूर्व अध्यक्ष राम गिरीले २५ हजार १५१, पूर्व केन्द्रीय सदस्य गोपाल गिरीले ५५ हजार ५ सय, केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सचिव जगतमोहन गिरीले ५५ हजार ५ सय ५५, केन्द्रीय सल्लाहकार बाबुराम गिरीले ५० हजार, केन्द्रीय सदस्य शारदा गिरीले २५ हजार १ सय ५५, केन्द्रीय सदस्य तिला गिरी ३० हजार १ सय ११, प्रदेश सदस्य इन्दिरा गिरीले ३० हजार ५ सय, युवा समितिका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरीले ५४ हजार ३ सय २१, महिला समिति गण्डकीकी मीना गिरीले १५ हजार ५ सय ५५, प्रदेश सदस्य गोविन्द गिरीले १५ हजार ५, प्रदेश अध्यक्ष मोति गिरी ३१ हजार १ सय ११, सहसचिव सागर गिरीले १५ हजार ५ सय ५५, प्रदेश सचिव वेवराज गिरीले २५ हजार ५ सय ५५ र गण्डकी प्रदेश महिला सचिव सुशीला गिरीले १५ हजार सहयोग प्रदान गर्ने घोषणा गरे ।

समाजका गण्डकी प्रदेश कमिटी अध्यक्ष मोती गिरीले केन्द्रले सञ्चालन गरेको अभियान उपयुक्त रहेको बताउँदै मन, वचन र कर्मले आर्थिक सहयोगदेखि श्रमदानसम्म सहयोग गर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width