पर्यटकलाई दुख दिने ९ जना पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
Tourist Hairani Parne Photo

पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पर्यटक बाटो छेक्ने, झोला तान्ने, होटल मिलाइदिन्छौं भनेर पैसाको बार्गेनिङ गर्नेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमिक्त सूचना अधिकारी प्रहरी निरिक्षक सूर्यबहादुर रानाले बताए ।

पक्राउ पर्नेमा पोखरा ९ का वर्षिय रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, नारायण अधिकारी, श्यामप्रसाद शर्मा, विकास कुँवर, बिमल ठकुरी विकास श्रेष्ठ, पोखरा १३ का रन्जन खड्का र पोखरा १७ का सविन नेपाली रहेका छन् ।

पक्राउ परेका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र गर्न नहुने मुद्वामा ५ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width