लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बिहीबार पत्रकार सम्मेलन गरी उक्त हत्याकाण्डमा संलग्न चितिको बजारखुट्टा गाउँ बस्ने ४७ वर्षीय सुग्गरे सार्कीलाई सार्वजनिक गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानक्रममा ती युवक रक्सीले मातेको अवस्थामा ६२ वर्षीया गृहिणी सानुनानी घर्तीसँग ५० हजार मागेकोमा आफूसँग नभएको र दिन सक्दिनँ भन्दा खुर्पा प्रहार गरी भागेको पाइएको छ ।
ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने सुग्गरेका श्रीमती र ३ छोरा छन् । रक्सी सेवनको लत बसेका उनी श्रीमतीसँग पैसा मागेर हैरान गर्ने बाबुआमा छुट्टै अर्को घरमा बस्ने गर्थे । उक्त घटनाको राति कतिबेला आएर सुते थाहा नभएको श्रीमतीले बताएकी छन् । भोलिपल्ट बिहान श्रीमतीले सिरानीमा राखेको ११ हजार रुपैयाँमध्ये २ हजार लिएर उनी फरार भएको प्रहरी भनाइ छ । फरार रहेकै अवस्थामा सुग्गरेलाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मीनबहादुर घलेले बताए ।
ज्यान गुमाएकी सानुनानीको एकमात्र छोरा वैदेशिक रोजागरीमा मलेसियामा छन् भने बुहारी र छोरी काठमाडौं बस्छन् । बुधबार बिहान सबेरै काठमाडौं जानका लागि उनले छिमेकीको गाडीलाई डुम्रे–बेसीशहर सडकको उदीपुरसम्म पु¥याइदिन भनेकी रहिछन् । बिहान फोन गर्दा वृद्धाको फोन उठेनछ । गाडीवाला वृद्धाको घरमा पुगेर हर्न बजाउँदासमेत नआएपछि तगारो खोल्नासाथ वृद्धालाई आँगनमा रगताम्य भई लडिरहेको देखेछन् । उनले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको घलेले बताए ।
उनले भने, ‘खुर्पा, मोबाइल र लगाएका कपडा प्रहरीले बरामद गरेको छ ।’ घटना सार्वजनिक भएको करिब ७ घण्टाको बीचमा अभियुक्तलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको प्रनाउ घलेले बताए ।
घटनाको जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट आफ्नै कमाण्डमा १९ जनाको टोली खटेर प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए । उनका अनुसार थप अनुसन्धानका लागि प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रनिको कमाण्डमा केनाईन (तालिम प्राप्त कुकुर) सहितको टोली माग गरी अनुसन्धान गरिएको, विशेष सूचनाको आधारमा वारदात पश्चात फरार रहेका प्रतिवादी सुग्गरे सार्कीलाई विशेष अपरेशन सञ्चालन गरी बुधबार साँझ उनलाई सुन्दरबजार–६, खत्रीठाँटी बजारबाट पक्राउ गरेको हो । निजलाई जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१