श्रीमतीको हत्या

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०८१
crime

पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा घर भइ हाल पोखरा ८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जहरसिंह कुँवर हुन् ।

उनले गएराति आफ्नी ४० वर्षीया श्रीमती राधिकालाई सामान्य विवादको कारण घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए । छिमेकीले थाहा पाएपछि घाइते राधिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा राति पौने १ बजे मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार निज जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो ।

कुँवरटोलबाट निजलाई नियन्त्रण लिने क्रममा आक्रोशित स्थानीयले उनीमाथि कुटपिट गरेका थिए । उनलाई जिल्ला प्रहरी कास्कीको हिरासतमा राखिएको छ ।

कुँवर दम्पतीका १ जना छोरा छन् । उनीहरुबीच कास्की जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको प्रक्रिया पनि अगाडि बढेको बताइएको छ । जहरसिंहले खानेपानी, जिब्सन, वाइरिङसम्बन्धी घरायसी काम गर्दथे भने राधिका सहकारी क्षेत्रमा सेवारत् रहेको अन्नपूर्ण १ का वडाध्यक्ष तुलसीप्रसाद अधिकारीले जानकारी दिए । साथै जहरसिंह मानसिक रोगी समेत रहेकाले औषधी सेवन गर्दै आएको स्रोतले जनायो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • ढोरपाटनका मेयर कारागार चलान

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८१
    पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर…
  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width