उन्नति बचत समूहमा पवित्रा

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
unnati news

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ गैराबारीमा रहेको उन्नति बचत समूहको सम्पन्न अधिवेशनले पवित्रा रेग्मी पौडेलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

सोमबार सम्पन्न समूहको नवौं साधारण सभा तथा चौथो अधिवेशनले उपाध्यक्षमा शीलादेवी पौडेल, सचिवमा निरु थापा, कोषाध्यक्षमा पवित्रा सुवेदी पौडेललाई चयन गरेको छ ।

सदस्यहरुमा सन्जु आचार्य, रत्ना पुन र लक्ष्मी गुरुङलाई चयन गरेको हो । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै पोखरा १६ का वडा सचिव श्रीराम पौडेलले समुदाय भित्र आइपरेका समस्या समाधान गर्न र सानोतिनो गर्जो टार्न समूह सफल भएको बताए । कार्यक्रमा निवर्तमान अध्यक्ष मनदेवी गुरुङलाई वडा सचिव पौडेल र सल्लाहकार रामु रानाले मायाको चिनो प्रदान गरे ।

निवर्तमान अध्यक्ष मनदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन युवराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width