भद्रकालीको वार्षिकोत्सवमा प्रभातफेरी

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
bhadrakali (1)

पोखरा । भद्रकाली माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार बिहान प्रभातफेरी भएको छ । पोखरा १३ स्थित विद्यालय परिसरबाट काँहुखोला, कञ्चनटोल, दुई कुलाको मुहान, बेसलाइन स्कुल, गौंडाकोमुख, चिसापानी हुँदै स्कुलमा आएर प्रभातफेरी सकिएको हो ।

२००८ मा स्थापित विद्यालयले बुधबार वसन्त पञ्चमीका दिन वार्षिकोत्सव मनाउन लागेको छ ।

वार्षिकोत्सवको तयारी पूरा भएको प्रध्यानाध्यापक यदुराज पंगेनीले जानकारी दिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयको नेपाल भारत मैत्री भवन उद्घाटन गरिने भएको छ ।

पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म गरी २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सरकारी दरबन्दी र निजीका ८३ शिक्षक र कर्मचारी विद्यालयमा कार्यरत छन् । कास्की मात्र होइन गण्डकी प्रदेशभर नै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई अझै उचाइमा पु¥याउन आफूहरु लागीपरेको प्रअ पंगेनीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width