प्रगतिशील माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
pragati schools

पोखरा । अन्नपूर्ण गाउँपालिका–४, सल्यानस्थित प्रगतिशील माविको ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह मंगलबार भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय शिक्षामा जोड दिए । उनले विद्यार्थीलाई संस्कारयुक्त बन्न सुझाव दिए । अध्यक्ष तिमिल्सिनाले विद्यालयमा आफू पठनपाठन गर्दाको क्षण स्मरण गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आफूले विद्यालयमा सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय शिक्षामा जोड दिए

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गुणस्तरीय शिक्षामा पालिका सचेत रहेको छ भन्दै पेसाप्रति बफादार रही सेवा गर्न शिक्षकहरुमा आग्रह गरे ।

विद्यालयका पूर्व अध्यक्ष पोषनाथ शर्माले शैक्षिक विकासमा विद्यालयको योगदान महत्वपूर्ण रहेको स्पष्ट पार्दै विद्यार्थीलाई लगनशील भई पठनपाठन गर्न सुझाए । कार्यक्रमबीच विद्यालय अध्ययन गरी विद्यावारिधि हासिल गर्न सफल डा. प्रेमप्रसाद पौडेल, डा. खड्गबहादुर केसी, डा. तुलसी पौडेल र डा. हरिबहादुर केसी तथा उद्यमी देवेन्द्रबहादुर केसीलाई सम्मान गरियो ।

त्यस्तै पूर्व शिक्षक इन्दिरादेवी सापकोटा, राधिका पहारी, विद्यादेवी खनाल, सन्तोष पौडेल र सरस्वती सुवेदीलाई फेरि भेटौला कार्यक्रमबीच विदाइ गरियो ।

प्रधानाध्यापक नमराज पौडेलले वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउन घेराबार, एक शिक्षक एक ल्यापटप, प्याराफिट सहितको खेलमैदान निर्माण लगायतका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने औंल्याए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक नारायणप्रसाद पौडेलले स्वागत र शिक्षक हरिबहादुर केसीले कार्यक्रम सञ्चालन गरे ।
बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा हाल कुल २ सय १७ विद्यार्थी पढ्छन् । जसअन्तर्गत त्यहाँ प्लस टुतर्फ शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width