डिफेन्डिङ च्याम्पियन संकटामाथि आर्मीको सनसनीपूर्ण जित

आदर्श समाज सम्वाददाता
माघ १४, २०८०
aaha

पोखरा । साविक विजेता संकटा क्लबमाथि सनसनी जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
स्टार खेलाडीले भरिएको संकटा अन्ततः पहिलो खेलमै हार व्यहोर्दै घर फर्किन बाध्य भयो ।

पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्दै संकटाको चुनौती ३–० ले पन्छाएको हो । आर्मी ४ पटकसम्म फाइनल पुगेर पनि उपाधि चुम्न वञ्चित छ ।

पोखरा रंगशालामा आइतबार दोस्रो क्वाटरफाइनलमा विभागीय टोलीको जितमा मिडफिल्डर दिनेश हेन्जनले दुई तथा फरवार्ड जिलेस्पीजंग कार्कीले एक गोल गरे । जिलेस्पीजंग म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै आर्मीले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबार तेस्रो क्वार्टरफाइनल खेल जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

यसअघि, थ्रि स्टार क्लब अन्तिम चारमा पुगिसकेको छ । उसले आइतबार भुटानी टिम पारोलाई २–० गोलअन्तरले हराएको हो ।

१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २० माघमा हुनेछ । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् ।

तस्बिरः सुदर्शन रञ्जित ।

Related News

सम्बन्धित समाचार

hero news full width