एकीकृत समाजवादी गण्डकी अध्यक्षको जिम्मेवारी श्रीनाथ बराललाई

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
Shree Nath Baral

पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी अध्यक्षको जिम्मेवारी कास्कीका श्रीनाथ बरालले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको सचिवालयको बैठकले पोलिट्व्युरो सदस्य एवं गण्डकीका कार्यवाहक अध्यक्ष बराललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

२०३६ सालदेखि राजनीतिमा अनवरत् क्रियाशील बराल पोखरा १३, आर्वा निवासी हुन् । विगतमा जेलनेल पनि भोगेका उनी गत वर्षको प्रतिनिधि सभा सदस्य चुनावमा कास्की क्षेत्र नम्बर २ मा गठबन्धनतर्फका उम्मेदवार थिए ।

यसैगरी, रामजी शर्माले प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टीले प्रदेश अध्यक्षको जिम्मेवारी दिने निर्णयप्रति खुसी व्यक्त गर्दै बरालले आगामी दिनमा पनि देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

यही माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकले रिक्त केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिस आधारमा नेताहरुलाई मनोनयन गर्ने तयारीसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width