अन्नपूर्णमा जैविक विविधता प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ ४, २०८०
annapurna jaibik

पोखरा । अन्नपूर्ण गाउँपालिकामा जैविक विविधता प्रदर्शनी मेला भएको छ । गाउँपालिका कृषि शाखा आयोजनामा भएको मेलाबीच विभिन्न ११ कृषि समूह तथा सहकारीले स्थानीय कृषि जैविक विविधता प्रदर्शन गरे । राष्ट्रिय कृषि जैविक विविधता दिवस अवसर पारी शाखाले दोस्रो पटक मेला आयोजना गरेको हो । जसमा लिवर्ड तथा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको समन्वय रह्याे ।

सो अवसरमा जैविक विविधतामा महत्वपूर्ण योगदान पुर्‍याएकोमा अन्नपूर्ण–३, मराउँचेस्थित प्रगतिशील कृषि उत्पादक सहकारी संस्थालाई ५० हजारसहित सम्मान गरियो ।

त्यस्तै, स्टल प्रदर्शनीतर्फ सल्यानको साना किसान कृषि सहकारी प्रथम, सेराचौरको आदर्श कृषि सहकारी दोस्रो साथै ढिकुरपोखरी स्थित भविष्य हाम्रो हातमा कृषि सहकारी तेस्रो भए ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५ हजार, ३ हजार, २ हजार साथमा प्रमाणपत्र प्रदा नगरियो । कार्यक्रमबीच धान, कोदो, गहुँ लगायत विभिन्न कन्दमुल प्रदर्शन गरियो ।

मेला उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देलले जैविक विविधता संरक्षणमा यथेष्ट ध्यान दिनुपर्ने उल्लेख गर्दै किसानलाई बिना हिचकिचाहट कृषि कर्ममा होमिन आग्रह गरे । उनले व्यावसायिक रुपमा गुणस्तरीय उत्पादनतर्फ ध्यान दिन सुझाव समेत दिए ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आफूहरु किसानको पक्षमा रहेको स्पष्ट पार्दै कृषि बिचौलियालाई निरोत्साहित गर्नुपर्ने औंल्याए ।

त्यस अवसरमा पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, प्रवक्ता समेत रहेका वडा ७ का अध्यक्ष भरतमान गुरुङ, अन्नपूर्ण १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, २ का अध्यक्ष पिताम्बर भण्डारी, ३ का अध्यक्ष फणिन्द्रप्रसाद पौडेल, वडा ६ का अध्यक्ष एकदेव देवकोटा, शाखाका कर्मचारी मनोज कठायत लगायतले पनि धारणा राखे ।
अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कर्मचारी मन्दिरा खत्रीले स्वागत र कृषि शाखा प्रमुख सरोज कुँवरले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width