पोखरा म्याराथनलाई सघाउने प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
माघ ४, २०८०
safal pokhara marathon8

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन्। आगामी ५ फागुनमा हुने प्रतियोगिता तयारीबारे बिहीबार नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न संघसंस्थासँग अन्तक्र्रिया गरेको हो।

सहभागी संघसंस्थाका प्रतिनिधिले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउन आर्थिक, भौतिक र नैतिकरुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारीको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफूहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।

नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले विदेशी धावकको प्रोफाइल बनाउन आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजनिक गर्दा थप रोचक हुने बताए । साथै विद्यार्थीलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयमा पुगि सिकाउन समेत सुझाव दिए ।

हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले विद्यार्थीका सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउन विद्यालयमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिले आफ्नो सुझाव राखेका थिए ।

अन्तक्र्रियामा निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एन–प्याब्सन, पोउवा संघ, गोरखा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बालपरिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन,

एसिएन प्यासिडिन्स को–अर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायत संघसंस्थाको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width