सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
माघ ४, २०८०
lbbl sahara

पोखरा । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम बैंकले बिहीबार सहारा फुटबल एकेडेमीलाई २ लाख ४४ हजार सहयोग रुपैयाँ हस्तान्तरण गरेको हो।

बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले क्लब अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा सञ्चालक सिग्देलले क्लबको प्रशंशा समेत गरे।

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै क्लब अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकको खाजा र खानाका लागि खर्च गरिने उल्लेख गरे । कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रबन्धकहरु, क्लबका पूर्व अध्यक्ष केशवबहादुर थापा, कार्यसमितिका पदाधिकारी तथा एकेडेमी पदाधिकारीलगायतको उपस्थिति थियो।

एकेडेमीमा हाल ८ जिल्लाका १३ जना कठिन एवं विपन्न परिस्थितिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) छ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम् प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई अधिकतम् प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width