आठौं पोखरा स्पोर्टस् अवार्ड २१ वैशाखमा

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
NSJF Gandaki

पोखरा। आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्ड २१ वैशाखमा हुनेछ ।

मञ्चको बुधबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए । उनका अनुसार अवार्ड कार्यक्रममा सधैं झैं ७ विधामा अवार्ड वितरण गरिनेछ ।

जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष दीननाथ बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width