आउँदो वर्ष पोखरामा क्यान्सरको अस्पताल बन्नेछ: स्वास्थ्यमन्त्री

आदर्श समाज सम्वाददाता
पौष २२, २०८०
cancers

लुम्ले (कास्की) । गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले आउँदो वर्ष पोखरामा क्यान्सरको अस्पताल बन्ने बताएकी छन् ।

अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभाको यहाँ उद्घाटन गर्दै मन्त्री सिंखडाले शनिबार त्यस्तो बताएकी हुन् । उनले आजका दिनसम्म गण्डकीमा क्यान्सरको एउटै अस्पताल पनि नभएको हुँदा आउदो वर्ष त्यो अस्पताल बनाउन कार्यविधि तयार भइसकेको र मन्त्री परिषद्ले पास गर्न मात्र बाँकी रहेको बताइन् ।

क्यान्सरको भयावह स्थिति रोक्न सरकार लागि परेको छ, महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर तथा पुरुषमा फोक्सोको क्यान्सरको स्थितिले आफूलाई चिन्तित बनाएको मन्त्री सिंखडाले उल्लेख गरिन् । उनले क्यान्सर पीडितलाई उपचारका लागि यो वर्षबाट १ लाख दिने भएको जानकारी दिँदै यसअघि त्यस्तो रकम ५० हजार मात्र थियो भनिन् । उनले प्रदेशका १२ वटा अस्पतालहरुलाई निर्देशन दिइसकेको स्मरण गर्दै कुनै पनि नेपालीले उपचार नपाएर मर्नुपर्ने स्थिति नहोस् भन्नेमा सरकार सचेत रहेको बताइन् । उनले अगाडि भनिन्, ‘त्यसैले अस्पतालमा आएको बिरामीको स्थिति हेर्ने हो, मुख र चेक हैन । गण्डकी अस्पताल र निजीको भन्न सक्दिनँ, अन्य १२ अस्पताल प्रति कुनै गुनासो र सुझाव भए दिनुहोला ।’

अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभा लुम्लेमा सुरु

मन्त्री सिंखडाले यो सबै उपलब्धि गणतन्त्रले ल्याएको बताउँदै लामो संघर्ष, रगत र पसिना बगाएर ल्याएको हँुदा यसलाई कम आँक्न नहुने बताइन् । आयोजक संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारे । उनले सो संस्थाले क्यान्सर बारेमा सचेतना फैलाउने काम गरेको जानकारी दिए । निवर्तमान केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वरले सूर्तीजन्य पदार्थको निषेध गर्ने कार्यमा प्रदेशस्तरमा यो नीति लागु गरिदिने हो भने पालिकाविरुद्ध मुद्दा पर्ने थिएन भने ।

सो अवसरमा एनडिआईका निर्देशक डा. जयकुमार गुरुङले धुमपान निषेधको स्टे–अर्डर छिटोभन्दा छिटो टुंगियोस् भन्ने कामना गरे ।

३३ औं केन्द्रीय सभाको आतिथ्य शाखा अर्बुद रोग निवारण संस्था कास्कीका अध्यक्ष प्रेम भुजेलले धन्यवाद मन्तव्य व्यक्त गरे । उनका अनुसार सभाका ४६ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरु प्रतिजिल्ला ३ जना, सातै प्रदेशका समिति, केन्द्रीय समिति समेत गरी २ सय बढीले भाग लिएका छन् । सभा आइतबारसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width