मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्यबारे छलफल

आदर्श समाज सम्वाददाता
पौष १८, २०८०
Health newsss

पोखरा । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भयो । तीमध्ये ७ जना पोखरा महानगरका छन् ।

चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता २ जना गर्भवती महिलाको मृत्यु भएको उनको भनाइ छ । पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैंले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुुत्केरी हुने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९÷८० मा पोखरासहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

मातृ मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारणबारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने व्यवस्था गरको छ ।

पोखरा उप्रमुुख मञ्जुुदेवी गुुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरीक्षक सविना श्रेष्ठले मातृ मृत्युदर न्युनीकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको १ हप्ता सम्मको नवजात शिशुको मृत्युु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् । उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम जनसमुुदायमा पुु¥याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाले गर्ने बताइ्न । उनले मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूूर्वाधारयुक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।

गभर्वती महिलाको मृत्यु हुनेबित्तिकै त्यसबारे अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने पत्ता लगाउने र समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेपछि बैठकले आगामी कार्ययोजना तयार गर्ने नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजी अस्पतालको प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा. नवीन श्रेष्ठ सदस्य रहेका छन् ।

सदस्यसचिवमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरीक्षक सविना श्रेष्ठसहित ७ सदस्यीय समिति रहेको छ । बैठकमा गर्भवती महिलालाई जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै मनाउने बारेमा सुुझाव समेत दिइएको छ ।

निजी स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारीरिक रुपमा तयार छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन् ।

उनले महिलाको अवस्थाबारे नबुुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । मृत्युदर मानसिक स्वास्थ्य र विभिन्न रोगका कारण बढेको बताइन् । उनले अझै पनि जनचेतनामुूलक कार्यक्रमको खाँचो रहेको औंल्याइन । पोखरा महानगरका उपप्रमुख मञ्जु गुरुङले मृत्युुको कारण पत्ता लगाई त्यसको न्यूूनीकरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुुपर्नेमा जोड दिइन् । पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाको मृत्यु हुने गरेको बताउँदै स्वास्थ्यबारे सचेत बनाउनुुपर्ने अवस्था रहेको उल्लेख गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width