गण्डकी प्रदेश फेन्सिङ संघमा विजय शाही निर्वाचित

आदर्श समाज सम्वाददाता
पौष १६, २०८०
fenscing

पोखरा । गण्डकी प्रदेश फेन्सिङ संघ अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी ४ वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा मनीषा गुभाजु, सचिवमा सन्दीप बराल, कोषाध्यक्षमा प्रदीप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यमा शिव शर्मा, महेशप्रसाद पौडेल, रुद्रबहादुर खड्का (रवीन्द्र), वीरेन्द्र तिवारी, कृष्णबहादुर रानाभाट, निशान कार्की र दीपेश गुरुङ सर्वसम्मत निर्वाचित छन् ।

अधिवेशन लगत्तै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ ।

यसअघि, भएको कार्यक्रममा प्रदेश खेलकुद परिषद् सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।

सो अवसरमा नेपाल फेन्सिङ संघ कोषाध्यक्ष अनुप कपालीले पोखरामा ५ वर्षअघि बाट सुरु भएको फेन्सिङ खेलले खेलाडी उत्पादन गरी राष्ट्रियस्तरमा पदक जित्न सफल भएको भन्दै प्रशंसा गरे । संघका नवनिर्वाचित अध्यक्ष शाहीले गण्डकीमा फेन्सिङ खेलको विकासका लागि निर्वाचित कार्यसमितिले कोही कसैसँग भेदभावपूर्ण ब्यवहार नगरी योजनावद्धरुपमा कार्य गर्ने प्रतिबद्धता जनाए ।
सम्पन्न अधिवेशनमा निर्वाचन समितिको संयोजकको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद अधिकारी र घनश्याम पौडेलले नवनिर्वाचितलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width