तेक्वान्दो च्याम्पियनसिप सुरु

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
Tekwandos

पोखरा । पोखरामा प्रथम खुला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप सुरु भएको छ ।

अञ्जुली आइटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवसीय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५ जना खेलाडीले भाग लिएका छन् । कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी १८ दोजाङको सहभागितामा २६ इभेन्टमा प्रतियोगिता हुने कार्यक्रम संयोजक तथा नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकी सदस्य विशाल बुढामगरले बताए । शनिबार ११ इभेन्टको खेल भएको छ ।

प्याट्रन पुरुषमा पहेंलो पेटीतर्फ अनुप तिवारी (वाराही दोजाङ), हरियो पेटीतर्फ सुजना सिर्पाली (वाराही दोजाङ), नीलोतर्फ पितर तामाङ (अञ्जुली दोजाङ), रातोतर्फ प्रतीक राई (वाराही दोजाङ) विजयी भएका छन् । महिला पहेंलो पेटीतर्फ स्मारिका थापा (अञ्जुली दोजाङ) हरियोतर्फ आरजु थापा (भिमाद दोजाङ), नीलोतर्फ सालका श्रेष्ठ (रिसिङ पाटन), रातोतर्फ मनीषा केसी (अञ्जुली दोजाङ), स्पाइरिङ पुरुषतर्फ २०—२५ तौल समूहका विवेक विके (भिमाद दोजाङ), महिलातर्फ २०—२५ तौल समूहका प्रगति छन्त्याल (अञ्जुली दोजाङ) २५—३० तौल समूहका यमुना गन्धर्व (नव प्रभात), ३०—३५ तौल समूह आकृति शाह (रिसिङ पाटन), ३५—४० तौल समूहका सलाका श्रेष्ठ (रिसिङ पाटन) विजयी भए ।

खेलाडीले प्याट्रनतर्फ पहेंलो, हरियो, हरियो, नीलो, नीलो, रातो पेटीको लागि प्रतिस्पिर्धा गरेका छन् । स्पाइरिङतर्फ २० देखि ६० केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

खेलमार्फत पोखराको पर्यटन प्रवद्र्धन, प्रतिभावान खेलाडीको पहिचान, खेलाडीको थप स्तर अभिवृद्धि तथा सम्मान गर्ने उद्देश्यले प्रतियागिता आयोजना गरिएको हो । अञ्जुली आवासीय माविमा भएको उक्त प्रतियोगिताको समापन आइतबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width