पोखरा सडक महोत्सवका २५ वर्ष

धनबहादुर गुरुङ
पौष १२, २०८०
Street Fest Photo

पोखरा। रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा २०५२ सालमा स्थापना भयो । संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ र उपाध्यक्ष गणेशबहादुर भट्टराई थिए । नेतृत्व सम्हालेका उनीहरुको मनमा रेबान पोखराले केही नयाँ काम गर्ने सोच बनाइरहेको थियो । त्यो बीचमा अध्यक्ष र उपाध्यक्षको विदेश भ्रमण चलिरहेको थियो ।

पचासको दशकतिर अध्यक्ष र उपाध्यक्षले युरोप भारतको गोवा भ्रमणका समयमा सडकमै फेस्ट मनाएका देखे । त्यही देखासिकी गर्दै रेबान पोखराले २०५४ सालमा पोखरामा सडक महोत्सव गर्ने तय ग¥यो । जसको संयोजक बने उपाध्यक्ष गणेशबहादुर भट्टराई । सन् १९९८ को अंग्रेजी नयाँ वर्ष मनाउने गरी हल्लनचोकदेखि बिजीबी अगाडिको चौतारोसम्म सडक महोत्सव आयोजन गरिएको तत्कालिन संयोजक भट्टराईले जानकारी दिए । यसमा कोकाकोलाले प्रायोजन गरेको उनले सम्झिए ।

रेवान पोखराले आयोजना गरेको महोत्सव ५ दिनसम्म चल्नेछ

१९९८ देखि सुरु भएको महोत्सवले अहिले रजत जयन्तीसहित २५ औं पोखरा सडक महोत्सव मनाइरहेको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित २५ औं संस्करणको महोत्सव बिहीबारदेखि सुरु भएको छ । महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने रेबान पोखराले जनाएको छ ।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । आचार्यले १ महिनाभित्र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने दाबी गरे । सडक महोत्सवले पोखराको थप पहिचान दिन सहयोग मिलेको उनको भनाइ थियो । हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई उनको आग्रह गरेका थिए ।

उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्राउन जोड दिए । रेबानका केन्द्रका कावा अध्यक्ष संघर्ष बिष्टले साहसिक खेलकुदको गन्तव्य पोखरामा प्याराग्लाइडिङ बन्द हुनेले थप समस्या भएको चिन्ता व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व जगमान गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य लगायतले सडक महोत्सवले पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएका थिए ।

महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, भेषभूषा झल्किने झाँकीसहित हल्लनचोकदेखि कोमागाने पार्कसम्म ¥याली निकालिएको थियो । ¥याली ३ किलोमिटर दुरी पार गर्दै उद्घाटन समारोहमा परिणत भएको थियो ।

२५ औं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेबान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । जसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’, विम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुशुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराल लगायत सम्मानित भए ।

यसैबीच, महोत्सवमा सहभागी झाँकीमा पुन समाज पोखरा प्रथम हुँदै नगद ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । चिउली पाचे तमु समाज दोस्रो, रूकुम पूर्वको मयूर डान्सको समूह तेस्रो भयो । देवीस्थान भजन समूह हेमजा र बाम्दीको गुम्बाको समूह सान्त्वना भए ।

Related News

सम्बन्धित समाचार

hero news full width