क्रिकेटमा वेगनास ५७ रनले विजयी

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
cricket

पोखरा । कास्की जिल्ला क्रिकेट संघ आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगितामा बुधबारको खेलमा टिम वेगनास ५७ रनले विजयी भएको छ ।

पहिलो ब्याटिङ गरेको वेगनासले ३५ दशमलब ५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६४ रन बनायो । जसमा अभिषेक बस्नेतले ५५, कृष्ण पौडेलले ४६ तथा रोहित चन्दले १४ रन बनाए । दिपाङका बलर विधान श्रेष्ठले ४ तथा नितेश गिरी र मुकेश गुप्ताले २÷२ विकेट लिए । जितका लागि १६५ रनको लक्ष्य पछ्याउनेक्रममा टिम दिपाङले ३० ओभरमा सम्पूर्ण विकेट गुमाएर १०७ रनमात्रै बनाउन सक्यो ।

दिपाङका व्याट्सम्यान मुकेश गुप्ताले ४०, आश्विन अधिकारीले १९ तथा प्रमोद बास्तोलाले १७ रन बनाए । वेगनासका बलर कृष्ण पौडेलले ५ तथा रवि गुरुङले २ विकेट लिए । वेगनासका कृष्ण पौडेल प्लेयर अफ द म्याच बने । उनलाई प्रादेशिक खेलकुद परिषद् गण्डकी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कृत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width