बालोदयमा आँखा जाँच शिविर

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
Balodayas

पोखरा । पोखरा १७, बिरौटास्थित बालोदय माध्यमिक विद्यालयमा आँखा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

इन्टरएक्ट क्लब अफ बालोदयको आयोजना, विद्यालयको व्यवस्थापन तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका करिब १ हजार ३ सय विद्यार्र्थीलगायत शिक्षक, कर्मचारीहरूको आँखा जाँच गरिएको छ ।

जाँचका क्रममा आँखामा समस्या देखिएका विद्यार्थीहरूलाई थप जाँच तथा उपचारका लागि अस्पतालमा सिफारिस गरिएको विद्यालयका सहक्रियाकलाप प्रमुख ईश्वर ढकालले जानकारी दिए ।

कार्यक्रममा हिमालय आँखा अस्पतालका आउटरिच कोअर्डिनेटर सुवास नेपालले आँखाको दृष्टिलाई मजबुत बनाई कसरी लामो समयसम्म टिकाउन सकिन्छ र यसका लागि सावधानीका के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्नेबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए ।

विद्यालयको इन्टरएक्ट क्लबका पदाधिकारी विद्यार्थीहरूको सक्रियतामा सञ्चालित कार्यक्रम २ दिनसम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width