हरियोखर्क अस्पतालमा प्रशिक्षण

आदर्श समाज सम्वाददाता
पौष ६, २०८०
inf pgm photo

पोखरा । आइएनएफ नेपाल हरियो खर्क अस्पतालमा आपतकालीन अवस्थाको लागि आधारभूत जीवन सुरक्षा प्रशिक्षण कार्यक्रम शुक्रबार भएको छ । प्रशिक्षणले मानिसको स्वास्थ्यमा आपतकालीन समस्या आइपरेको अवस्थामा घाइतेको जीवन सुरक्षा कसरी गर्ने भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आइएनएफ नेपाल हरियो खर्क अस्पतालका आउट रिच म्यानेजर ताराहाङ तावाले बताए ।

प्रशिक्षण आइएनएफ नेपाल हरियोखर्क अस्पताल अन्तर्गतको सामुदायिक मेडिकल आउट रिच परियोजनाको आयोजनामा भएको हो । प्रशिक्षणमा हरियोखर्क अस्पतालमा कार्यरत २४ जना कर्मचारीहरुको सहभागिता रहेका थियो ।

कार्यक्रममा बिएलएस नेपालका डा. धीरेन्द्रकुमार मल्ल, डा. अर्जुन कार्की, डा.सनिज सिंह र हरियो खर्क अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमन तामाङले प्रशिक्षण दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width