मणिपालमा एचडियु

आदर्श समाज सम्वाददाता
पौष ५, २०८०
manipal

पोखरा । मणिपाल शिक्षण अस्पतालमा हाइ डिपेडेन्सी युनिट (एचडियु) स्थापना गरिएको छ । वरिष्ट छाती रोग विशेषज्ञ डा. सिपि आचार्यले विशेष समारोहबीच बुधबार एचडियु उद्घाटन गरे । गण्डकी प्रदेशकै सुविधा सम्पन्न र ठूलो मणिपाल मेडिकल कलेजमा प्रविधि र सेवा सुविधा विस्तारित गर्ने क्रममा एचडियु स्थापना गरिएको हो । सामान्य वार्डमा हेरचाह गर्न कठिन बिरामीहरुलाई एचडियुमा राखेर उपचार गरिन्छ । उक्त अवसरमा अस्पतालका सञ्चालक नारायण पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल, अस्पताल निर्देशक डा. अभिषेक मास्के विभिन्न विभागका प्रमुख तथा कर्मचारी उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width