कास्की मोडनाइज्डमा युगल नृत्य

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
KMA

पोखरा । कास्की मोडनाइज्ड एकेडेमीले रजत जयन्ती मनाउने क्रममा जिल्लास्तरीय अन्तरविद्यालय युगल नृत्य प्रतियोगिता गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले नृत्य कला एउटा कालजयी कला भएको बताए । उनले आज सरस्वती र नजराजको आशीर्वाद पाएका कलाकार भोलि समाज र राष्ट्र चिनाउने कलाकार बन्न सक्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठान उपकुलपति गोरे गुरुङले कास्की मोडनाइज्ड कास्कीको मात्र नभै राष्ट्रमा नै स्थापित विद्यालय बनिसकेकाले विद्यालयको यो स्तरीय म्यानेज्मेन्टको लागि संस्थापक र शिक्षक कर्मचारीलाई बधाई दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

पोखरा १४ का अध्यक्ष बोधराज कार्कीले विद्यालयले गरेको प्रगतिले आफ्नो छाती गर्वले फुलेको बताए । एनव्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले यो विद्यालयबाट अन्य विद्यालयले सिक्नुपर्ने कुरा धेरै रहेको कुरा व्यक्त गरे । विद्यालयका सहायक प्राचार्य शिवलाल उपाध्यायले हरेक कार्यक्रम विद्यार्थीले आफ्नो क्षमता देखाउने थलो भएकोले यो कार्यक्रम पनि आफ्नै कार्यक्रम ठानी कलाकारिता देखाउन हौंसला दिए ।

रजन्त जयन्ती अवसरमा भएको कार्यक्रममा प्रथम विभूति विद्या सदनका विद्यार्थी प्रिन्स गुरुङ र तमन्ना गुरुङ भए । मेरीगोल्ड विद्यालयका विद्यार्थी प्रतीक गुरुङ र ममता थापा दोस्रो तथा सोसियल पब्लिकका वीरेन्द्रबहादुर विक र भूमिका गुरुङ तेस्रो भए । सान्त्वना बेसलाइन एकेडमीका विपीन नेपाली र स्वीकृति गुरुङ भए ।

कास्की मोडनाइज्डकै अनुश्चा गुरुङ र आकाश गुरुङको समूह तथा दिवासा गुरुङ र आकाश मगरका समूहलाई पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक अनुराग अधिकारीले बताए । नृत्य प्रतियोगितामा निर्णायकमा मनकुमार श्रेष्ठ, गम्भीर बर्देवा र राजबहादर गुरुङ थिए । कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width