तस्बिर : रासस
पोखरा । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार भएको बलेरो दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जीपमा रहेका चालकसहित ७ जनाकै निधन भएको छ । मृतक सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छ बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वाटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी करिश्मा ठाडा मगर छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
hero news full width
मुख्य समाचार
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०