नेपाल सुपरओभरमा पराजित, च्याम्पियन बन्यो ओमान

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
398895503_742960594526990_2290794792946616574_n

पोखरा । टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपाल पराजित भएको छ ।

सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रनमात्र बनाउन सक्यो । सुपरओभरमा पहिले ब्याटिङ रोजेको ओमानले ३ छक्काको मद्दतमा २१ रन बनाएको थियो ।

समूह ‘ए’ अन्तर्गतको फाइनलमा निर्धारित २०–२० ओभरको खेलमा दुवै टिमले समान १८४ रन बनाएकोमा खेल सुपर ओभरमा पुगेको थियो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । गुल्सन झाले २५ बलमा अर्धशतकीय पाली खेल्दै चार छक्का र ५ चौकासहित ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको नेपालले रोहित र गुल्शनको जोडीले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालका कुशल भुर्तेल ३१, सन्दीप जोरा १० रन, करन केसी २० रनमा अविजित रहे ।

उता, ओमानका बिलाल खानले ३ विकेट लिए भने अकिब इल्यासले पनि २ विकेट हात पारे । ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाउँदा अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले समान २ विकेट हात पारेकोमा सोमपाल कामी, गुल्शन झा, अविनाश बोहरा र विवेक यादवले समान १ विकेट हात पारे ।

नेपालले फाइनल हारे पनि टि–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित पारिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width