पोखरा । फलेबास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले फलेबास नगरपालिकालाई रमणीय फलेबास बनाउन कवि लेखकसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय संस्कृति समितिको आयोजना र कालिभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान पर्वतको संयोजनमा भएको ‘पर्वत, फलेबास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ लाई सम्बोधन गर्दै नगरप्रमुख तिवारीले नेपालमा प्रकृतिले अत्यन्त धेरै सुन्दर चिज दिएको र तिनको संरक्षण तथा उपयोग गर्न कवि लेखकलाई आग्रह गरेका हुन् ।
‘फलेबास फलफूल उत्पादन हुने क्षेत्र हो । यहाँको हावामा फलफूलको बासना मिसिएको छ,’ नगरप्रमुख तिवारीले भने, ‘सोही कारणले फलेबास नाम रहन गएको हो । तपाईंका कलमबाट सिर्जना भएका कृतिले देशलाई परिवर्तन गर्न सक्छन् । सम्बन्धित निकायलाई गोरेटो देखाउन सक्छन् । तपाईंका सिर्जनालाई प्रकाशन गर्न नगरपालिकाको सदैव सहयोग गर्नेछ ।’
नगरप्रमुख तिवारीले विदेशमा रहेका नेपालीले सिर्जनामार्फत नेपालको चिनारी अन्तर्राष्ट्रिय स्तरमा फैलाएकोमा खुसी व्यक्त गरे ।
नगरप्रमुख तिवारीले फलेबास कालीगण्डकी किनारमा रहेको सुन्दर नगरी भएको चर्चा गर्दै यो सुन्दर नगरीलाई कवि लेखकले सिर्जनाका माध्यमबाट सर्वत्र फैलाउन सहयोग गर्न आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई स्वदेश मै फर्केर यही माटोमा सुन फलाउन आग्रह गरे ।
शनिबार फलेबासको देविस्थानस्थित कालिभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको सभाहलमा भएको काव्ययात्रामा कार्यक्रमका सूत्रधार महेश्वर पन्तको कवितासंग्रह ‘उडेका पैताला’ विमोचन गरिएको छ । कवि पन्तका बुवा गोविन्दप्रसाद पन्त, आमा उर्मिला पन्त, फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारी, अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसीलगायतले कृति विमोचन गरे ।
कृतिमाथि कवि सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राख्दै पन्तका कवितामा माटोको माया र प्रवासको पसिना सबै मिसिएको बताए । काव्ययात्रामा विभिन्न स्रस्टाले रचना वाचन पनि गरेका थिए । काठमाडौं, चितवन र पोखरादेखि शुक्रबार साँझ फलेबास आएका स्रस्टाले शनिबार बिहान कालीगण्डकी किनार, फलेबासका विभिन्न रमणीय र धार्मिक क्षेत्र अवलोकन गरेर स्थलगत रचना सिर्जना गरेका थिए । कार्यक्रमलाई निशा केसीले सहजीकरण गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१