टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०८०
398537184_741813861308330_2340882647834964008_n

पोखरा । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेखले सर्वाधिक ६३ रन जोड्दा कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रनको योगदान दिए । खेलमा युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिएका थिए ।

शुक्रबार नै काठमाडौंमै भएको छनोट खेलबाट ओमान पनि सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । टी–२० विश्वकपमा २० टिमले भाग लिने छन् । १८ टोली छनोट भइसकेकोमा आयोजक वेष्ट इन्डिज र अमेरिका सीधै खेल्ने छन् ।

नेपाल टी–२० विश्वकप क्रिकेट खेल्ने भएपछि सामाजिक सञ्जालमा नेपाली क्रिकेट टिमको जयजयकार भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width