रेन्बो चिल्ड्रेन होमको सभा, पत्रकार सन्देश श्रेष्ठ सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८०
rainbow

पोखरा । बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई समय पुगेपछि नागरिकता दिन सहज गराउनुपर्ने गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले बताएकी छन् ।

पोखरा लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिम्खडाले घेरै बालबालिकाहरु हुर्किएपछि नागरिकता लगायतका कागज नभएको कारण उनी धेरै सुविधाबाट बञ्चित हुनुपरेको धारणा राखिन् ।

उनले आफूले नागरिकता सहज दिलाउने व्यवस्थाका लागि सरकारसँग पहल गर्ने जानकारी पनि दिइन् । मन्त्री सिम्खडाले संस्था चलाउन धेरै चुनौती रहेको स्पष्ट्र पार्दै चिल्ड्रेन होमले समाजमा उत्कृष्ट कार्य गरेको भन्दै धन्यवाद दिइन् ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहको तर्फबाट संस्थाका गतिविधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बाल गृहबाट असल नागरिक उत्पादन भएको जनाउँदै उनीहरुलाई समाजमा स्थापित गर्न राज्यले ठोस पहल लिनुपर्ने बताए ।

त्यस अवसरमा नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमुना आमा समूहको पूर्व अध्यक्ष मिठुदेवी अधिकारी, बालगृहकी दिपा खत्री लगायतले पनि भनाई राखे ।
कार्यक्रमका बीच पत्रकार सन्देश श्रेष्ठ, एसइई उत्तीर्ण गर्ने तथा उच्च शिक्षा पास भएका सदस्यका छोराछोरीलाई सम्मान पनि गरियो ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width