पोखरा । नवआदर्श सामुदायिक विकास समाजद्वारा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा सोमबार भएको खेलका आधारमा नेपाल पुलिस क्लब फाईनल पुगेको थियो । पोखरा रंगशालामा भएको लिगको अन्तिम खेलमा पुलिसले शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा हराएर ८ अंकका साथ फाईनलमा स्थान सुरक्षित गरेको थियो । पुलिससँग २५–१९, २५–१७, २०–२५ र २५–२१ को सेटमा हारेको एपिएफ अघिल्ला खेलका आधारमा ४ अंक जोड्दै तेस्रो भयो । न्यू डायमण्ड भने अघिल्लो दिनमा ६ अंकका साथ दोस्रो स्थानमा थियो ।
सोमबार नै भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले चन्द्रागिरी नगरपालिका न्यू डायमण्डलाई ३–१ को सेटमा हराएर उपाधि जितेको हो । पुलिसले डायमण्डलाई २५–१८, २२–२५, १४–२५ र २०–२५ को सेटमा पराजित गरेको हो ।
पुरुषतर्फ सोमबार लिग चरणका २ खेल भए । जसमा एपिएफले मणिमुकुन्दलाई पराजित गरेर ७ अंक बटुल्यो । २५–१७, २१–२५, २३–२५ र ३२–३४ को सेटमा हारेको मणिमुकुन्दको अघिल्ला खेलको आधारमा ५ अंक भयो । त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै ९ अंक जोड्यो । पहिलो र दोस्रो सेट १५–२५, २३–२५ मा हारेको गण्डकीले उत्कृष्ट पुनारागमन गर्दै २५–२२, २५–१८ र १५–१० को सेटमा हराउँदै २ अंकसहित ९ अंक बनाएको हो । पुलिस पराजित भएपनि पाँचौ सेट खेलेकाले गण्डकीबाट १ अंक खोसेको थियो । यसअघिका खेलबाट पुलिसको तालिकामा ८ अंक भइसकेको थियो ।
तालिकामा गण्डकी र पुलिसको ९÷९ अंक भएपनि सेटका आधारमा पुलिस पहिलो र गण्डकी दोस्रो हुँदै फाइनल पुगेको प्रतियोगिताका टेक्निकल डेलिकेट अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले जानकारी दिए । फाईनल खेलमा १९–२५ र २५–२२ अंकमा गण्डकी र पुलिसले १÷१ सेट जितेको अवस्थामा खराब मौसमका कारण खेल सोमबारलाई सरेको थियो । मंगलबार बिहान फाईनल खेल सुरुबाटै हुने रेफ्री थापाले जानकारी दिए ।
उनका अनुसार तेस्रो र चौथो स्थानका लागि हुने भनिएको खेल समय अभावका कारण खेलाउन नसकिएको हो । अब अंक तालिकाको आधारमा तेस्रो स्थानको पुरस्कार प्रदान गरिने उनले बताए । तालिका अनुसार महिला र पुरुष दुबैतर्फ एपिएफ तेस्रो स्थानमा छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमश समान नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
केआइइसी वुनलाई फुटबल उपाधि
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०