पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबारदेखि सुरु भएको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल जारी छ । राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगितामा आइतबार ४ खेल भए । तेस्रो दिनसम्मको खेलका आधारमा महिलातर्फ चन्द्रगिरी नगरपालिका न्यु डायमन्ड र पुरुषतर्फ नेपाल पुलिस क्लब शीर्ष स्थानमा छन् ।
प्रतियोगितामा ४ टिम सहभागी रहेको महिलातर्फ ३ खेल खेलेको डायमन्डले ६ अंक जोडेको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएकाले डायमन्डले एक अंक जोडेको हो । पहिलो सेट २५–१८ ले जिते पनि त्यसपछिको २ सेट लगातार २५–२० र २५–१४ ले पुलिसलाई सुम्पिएको थियो भने तेस्रो सेटमा २५–२१ ले सेट जित्दै खेलमा फर्किएको थियो । फाइनल सेटमा १५–१२ ले पराजित हुँदै पुलिसलाई २ अंक सुम्पिएको थियो । त्यस अघि डायमन्डले एभरेस्टलाई ३–० पराजित गर्दै ३ र एपिएफलाई ३–२ को सेटमा हराएर २ अंक जोडेको थियो ।
प्रतियोगितामा २/२ खेल खेलको नेपाल पुलिस ५ अंकका साथ दोस्रो र ४ अंकका साथ एपिएफ तेस्रो स्थानमा छ । आइतबार भएको खेलमा पुलिसले डामन्डलाई पराजित गर्दै २ अंक जोडेको हो भने शनिबार भएको खेलमा एभरेस्टलाई ३–० को सेटमा हराएर ३ अंक जोडेर बसेको थियो ।
एपिएफले एभरेस्ट भलिबल क्लब बुटवललाई २५–१६, २५–१४ र २५–१७ को सोझो सेटमा हराएर ३ अंक जोडेको हो भने अघिल्लो दिनको खेलमा डायमन्डसँग १ अंक खोसेको थियो । प्रतियोगितामा कुनै पनि खेल नजितेको एभरेस्ट अंक तालिकाको अन्तिम स्थानमा छ । आइतबार एपिएफ र पुलिस बीचको अन्तिम खेलमा दुवै टिमले २/२ सेट जितेर फाइनल सेटमा खराब प्रकाशका कारण सोमबारलाई सरेको छ । यी दुईबीचको खेल सोमबार सुरुबाटै हुने आयोजकले जानकारी दिएको छ ।
पुरुषतर्फ ५ सहभागिता रहेको प्रतियोगितामा नेपाल पुलिस क्लब ३ खेल जितेर ८ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले मणिमुकुन्द भलिबल क्लब बुटवल र गलकोट स्पोर्टस् क्लबसँग ३/३ अंक जोडेको थियो । एपिएफसँगको खेलमा २ अंक बटुलेको थियो । पुलिसले आइतबार गलकोटलाई २५–१८, २५–२१ र २५–१४ को सोझो सेटमा हराएको थियो ।
७ अंक जोडेर गण्डकी प्रदेश दोस्रो स्थानमा छ । आइतबार गण्डकीले एपिएफलाई २३–२५, २५–२३, २५–२३ र २५–१९ को सेटमा हराएर ३ अंक जाडेको हो । त्योभन्दा अघि गण्डकीले गलकोटसँगको खेलमा ३ र मणिमुकुन्दसँगको खेलमा १ अंक बनाएको थियो ।
५ अंकका साथ मणिमुकुन्द चौथो स्थानमा छ भने कुनै पनि खेल नजितेको गलकोट अंक तालिकाको पुछारमा छ । राउन्ड रोबिन तालिकामा तेस्रो र चौथो स्थानमा रहने टिम तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ भने तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टिम उपाधिका लागि भिड्ने प्रतियोगिताका टेक्निकल डेलिकेट अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापाले जानकारी दिए ।
सोमबार पुरुषतर्फ एपिएफ र मणिमुकुन्द, गण्डकी र पुलिस तथा महिलातर्फ एपिएफ र पुलिस खेल हुनेछ । महिलाको खेल पोखरा रंगशालामा बिहान ७ बजे हुने भलिबल रेफ्री थापाले जानकारी दिए ।
लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमश समान नगद १ लाख ५० हजार १ सय ११ रुपैयाँ, १ लाख १ सय ११ रुपैयाँ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विधागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
केआइइसी वुनलाई फुटबल उपाधि
शिक्षकको राजधानीकेन्द्रित आन्दोलन
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
hero news full width
मुख्य समाचार
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०