पोखरा । जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्माले दुईदिने पोखरा भ्रमण गर्दै विभिन्न ठाउँमा प्रवचन दिएका छन् ।
भ्रमणका क्रममा उनले लामाचौर, विन्ध्वासिनी मन्दिर, पोखरा महानगरपालिका र सभागृह गरी ४ ठाउँमा फरक–फरक शीर्षकमा सयौं साधक, जनप्रतिनिधि र जिज्ञासुलाई प्रवचन दिनुका साथै ध्यानका प्रयोगात्मक कक्षा चलाए । नेपालका सबै जिल्ला र अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विश्वका ६० भन्दा बढी देशमा जीवन विज्ञान संस्थाको शाखा बिस्तार छ ।
पहिलो दिन लामाचौर मुन फुटसल हलमा स्वस्थ जीवनका लागि अध्यात्म शीर्षकमा प्रवचन कार्यक्रम भयो । उनले मानिसको शरीरभित्र भएका चक्रहरू सक्रिय नबनाइ समग्र स्वास्थ्य हासिल नहुने बताए ।
अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति आयोजक रहेको सो कार्यक्रमको सहकार्य जीवन विज्ञान गण्डकी प्रदेशले गरेको थियो । रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण पौडेलले गरेका हुन् ।
सोही दिन महानगरपालिका सभाकक्षमा सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा प्रमुखका जीवन रूपान्तरण कला शीर्षकमा प्रवचन भयो । आयोजक पोखरा महानगरपालिका रहेको सो कार्यक्रमको सञ्चालन प्रवक्ता मोतीलाल तिम्सिनाले गरेका थिए ।
दोस्रो दिन विन्ध्वासिनी मन्दिरमा समग्र स्वास्थ्यका लागि अध्यात्म शीर्षकमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उनले देवीहरूका ९ रूप र चक्रका शक्तिहरूबीच पारस्परिक रूपमा सम्बन्ध गाँस्दै तिनको अन्योन्याश्रित रहस्य स्पष्ट पारे । आयोजक जीवन विज्ञान गण्डकी प्रदेश रहेको सो कार्यक्रमको सहकार्य विन्द्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरेको थियो । विन्ध्वासिनीले जीवन विज्ञानलाई दैनिक बिहान सयौं साधकका निम्ति ध्यानका कक्षा सञ्चालन गर्ने वातावरण दिएर सहयोग गर्दै आएको छ । समिति उपाध्यक्ष सूर्यप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा सुशीलकुमार गोशलीको विशेष उपस्थिति थियो । स्वागत जीवन विज्ञान गण्डकी प्रदेशका संयोजक गंगालाल पोखरेल र सञ्चालन शान्ति राणाले गरिन् ।
अन्तिम कार्यक्रम पोखरा सभागृहमा महानगरको सहकार्यमा भयो । जसमा जीवन रूपान्तरणका विधि शीर्षकमा प्रवचन भयो ।
Related News
सम्बन्धित समाचार
हाइकिङको ३८ औं भाग धम्पुसदेखि मिलनचोक
१० औं वार्षिकोत्सव अवसरमा सिवेक हस्पिटलको रक्तदान
बाटुलेचौरमा ऐतिहासिक तीज मेला भोलिदेखि
पोखराका ४८ नगरी प्रहरी दीक्षित
सचेतनाबाटै आत्महत्या रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०