निजामती कर्मचारी युनियनले दर खुवायो

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८०
union dar

पोखरा । तीजको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुभकामना आदाप्रदान सहित शुक्रबार दर खुवाउने कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले अहिले पनि महिला र पुरुषबीच विभेद कायमै रहेको भन्दै राज्यका हरेक अंगमा महिलाहरुको १ तिहाई प्रतिनिधित्व हुनु आवश्यक रहेको बताइन् । हक अधिकार स्थापित गर्नका लागि महिलाहरु संघर्षमा जरुरी रहेको उनको भनाइ थियो । मन्त्री भएर आएपछि महिला भएका कारण पुरुष कर्मचारीहरुबाट समेत फरक व्यवहार हुनेगरेको अनुभूति आफूलाई भएको उनले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, निजामती कर्मचारी युनियन गण्डकी अध्यक्ष दीपक रेग्मी, जिल्ला अध्यक्ष सुरेशकुमार श्रेष्ठले कार्यक्रममा शुभकामना व्यक्त गरे । युनियन उपाध्यक्ष एवं कार्यक्रम संयोजक सीता ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा रञ्जना पोखरेलले स्वागत गरेकी थिइन् भने अर्का उपाध्यक्ष केदार सापकोटाले धन्यवाद् व्यक्त गरे ।

उक्त अवसरमा प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सचिवहरु विनोदबहादुर कुँवर, मनमाया पंगेनी भट्टराई, संविधान सभा सदस्य शारदा पौडेलसहित कांग्रेसका नेता कार्यकर्ता र कर्मचारी एवं शुभेच्छुक सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width