पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोती जयन्ती पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे चर्चासहित गजल प्रशिक्षण दिएको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पद्मराज ढकालले कार्यक्रम उद्घाटन गर्दै मोतीराम भट्टले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए । उनले देशको विकास निर्माण बाटाघाटा, पुलपुलेसा मात्र नभएर सभ्यता र संस्कृतिको संरक्षण पनि देश निर्माणको अभिन्न अंग भएको बताए । उनले प्रतिष्ठानमा महानगरका प्रमुख कार्यकारी अधिकृत सदस्यसचिव रहने व्यवस्थाले प्रतिष्ठानका गतिविधि सञ्चालनमा असहजता भएको गुनासो गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठान यस क्षेत्रको एउटा गौरवका रूपमा अगाडि बढेको देख्दा आफूलाई निकै खुसी लागेको धारणा राखे । मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी समिति महासचिव असफल गौतमले नेपाली भाषासाहित्य सिर्जना र संगठनका अलौकिक र प्रेरक आधिकारिक प्रतिभाकारूपमा मोतीराम भट्टलाई चिनाए । उनले मोतीराम भट्टले कोरेको भानुभक्त आचार्यको मुहारचित्र र नेपाली भाषामा पहिलो नेपाली गजल रेकर्ड गराउने गीतकार व्यक्तित्वलाई ओझेलमा पार्न नहुनेमा समेत जोड दिए ।
मुख्य प्रशिक्षक अनुराग अधिकारीले सिकाइ कहिल्यै पनि पूरा नहुने भएकाले भाइबहिनीले सिकेका कुरा दैनिक जीवनमा लागू गर्न साधनाको सधैं खाँचो रहने बताए ।
कार्यक्रम संयोजक सुनिल गायकले भाइबहिनीलाई गजलप्रति आकर्षित गर्न पाउँदा आफूलाई गौरवबोध भएको बताए ।
प्रतिष्ठानका सचिव परशुराम अधिकारीले प्रतिष्ठान स्थापनाको रजत वर्षमा वार्षिक नियमित कार्यक्रमबाहेक २५ फरक प्रकृतिका विशेष कार्यक्रमअन्तर्गत पोखरा प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोगमा नवौं कार्यक्रम मोतीराम भट्टको व्यक्तित्व तथा कृतित्वको परिचर्चा र गजल प्रशिक्षण राखेको बताए ।
हेमजा क्षेत्रका ४५ जना विद्यार्थी तथा गजल अनुरागी स्रष्टा साहित्यसेवीको सहभागिता रहेको कार्यक्रममा सहभागी सबैले गजल लेखेर प्रस्तुतसमेत गरेका थिए । प्रशिक्षार्थी सरिता थापा र मिजास विकले प्रशिक्षण फलदायी भएको बताए । अध्यक्ष बलराम पौडेलले भदौ २३ मा गजल प्रतियोगिता सफल पार्न सबैको सहयोगको अपेक्षा गरे ।
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
‘देवीरमण शालीन, भद्र शिक्षासेवी’
सहिदचोकमा अक्षरयात्रा
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०