पोखरा । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनका अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे ।
गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथ प्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु स्तुत्य भएको जनाए ।
कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको संगत र व्यक्तित्वमाथि आआफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्चमध्ये कार्कीले उल्लेखनीय भूमिका खेलेको स्मरण गरे ।
स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँ शिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा विसं २०२८ देखि २०३१ सम्म पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएका कार्कीको राजनीतिक जीवन, उनले आधुनिक पोखरा बनाउन गरेको पहल र विकासका क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी लेखिएका आलेख, अभिलेख र संस्मरणहरू समावेश गरिएको छ ।
२ सय ६० पृष्ठमा संरचित स्मृतिग्रन्थको सम्पादन प्राडा कृष्ण केसी, प्राडा दिलबहादुर क्षत्री र उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए भने आवरण रमेश श्रेष्ठले तयार गरेका थिए ।
कार्कीको जन्म वि.सं. १९८१ असार २९ गते र मृत्यु वि.सं. २०७८ चैत्र ७ गते भएको थियो ।
स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यकक्रमा अश्विन कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१