सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानमा इन्दिरा

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८०
suryamani

पोखरा । सूर्यमणि अधिकारी स्मृति प्रष्ठिानको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले इन्दिरा कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको अधिवेशनले कोइरालाको नेतृत्वमा आगामी ३ वर्षका लागि ११ सदस्य कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा प्राध्यापक देवीप्रसाद कँडेल, सचिव सहप्राध्यापक महेश अधिकारी र कोषाध्यक्ष डाक्टर बाबुराम अधिकारी चयन गरेको हो । प्रतिष्ठानको सदस्यमा रवीन्द्र माकाजु, उपप्रध्यापक बिेदनिधि अर्याल र शंकर खराल चयन भए । बाँकी सदस्य मनोनीत गरिने अध्यक्ष इन्दिरा कोइरालाले बताइन् ।

अधिवेशनले प्रतिष्ठानको संरक्षकमा कपिलनाथ कोइरालालाई चयन गरेको छ । अधिवेशनको अघि जेठ २३ गते प्रष्ठिानले रुपा गाउँपालिको भंगाराको कमल आधारभूत प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरेको थियो ।

अधिवेशनको बन्द शत्रमा कोषाध्यक्ष डा. बाबुराम अधिकारी र सचिव महेश अधिकारीले अधिवेशनमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनका प्रमुख आमान्त्रित व्यक्तित्व डा. चित्तामणि योगीले प्रतिष्ठानले उद्देश्य अनुरुप काम गरेको बताए । कार्यक्रममा प्राध्यापक दीलबहादुर क्षेत्रीले इतिहास यथाथवादी र तथ्यमा आधारित हुनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width