रुपामा सेनेटरी प्याड बनाउने तालिम

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८०
Rupa news

पोखरा । रुपा गाउँपालिकाको आयोजना तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको सहकार्यमा सेनेटरी प्याड बनाउने, प्रयोग तथा विसर्जन गर्ने सम्बन्धी तालिम सम्पन्न भएको छ । दुई दिवसीय तालिममा रुपा गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना छात्राको सहभागिता थियो ।
तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि रुपा गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङले छात्राहरूलाई दिइएको तालिम घर परिवार तथा छिमेकीले पनि सिप सिक्न सक्ने विश्वास व्यक्त गरिन् । कास्की आदर्श समाजकी केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले संस्थाले महिलाको स्वास्थ्यसम्बन्धी प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम आयोजना गरेको बताइन् ।
संस्थाको नेपाल च्याप्टरका संयोजक विश्वबन्धु थापाले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा अग्रसर रहेको जानकारी दिए ।
तालिम प्रशिक्षक शर्मिला ढुंगानाले महिलाले आफूलाई आइपर्ने स्वास्थ्य समस्या सुल्झाउन प्राप्त सिप महत्वपूर्ण हुने बताइन् । रुपा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सन्दीप पौडेलले सेनेटरी प्याडको निर्माण र प्रयोग मात्र होइन, विसर्जन राम्रोसँग गर्नु पनि महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।
प्रशिक्षार्थी सदीक्षा पौडेलले तालिम महत्वपूर्ण भएको बताउँदै अरुलाई पनि सिकाउन आग्रह गरिन् । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय महिला संयोजक तथा कार्यक्रम संयोजक पूजा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक सावित्री गिरीले स्वागत तथा नेपाल च्याप्टर सचिव हरिबहादुर ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width