विद्युतीय अपराधविरुद्ध प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७९
bijuli annapurna

हेमजा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर र वडा शिक्षा समिति अन्नपूर्ण २ ले गाउँपालिकाका विद्यार्थीलाई विद्युतीय अवराधविरुद्ध प्रशिक्षण दिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले साइबर अपराध, लागुऔषधको प्रयोगले स्वास्थ्य एवं समाजमा पुर्‍याउने असरबारे प्रशिक्षण दिए । उनले अपराधबाट बच्ने उपाय साथै सामाजिक सञ्जालको सुरक्षीत प्रयोग, दुरुपयोगले पार्ने क्षति र विद्युतीय अपराध रोकथामका लागि व्यवस्था भएका कानुनी पाटाहरुका बारेमा जानकारी समेत दिए ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्युतीय अवराधबाट हुने गरेका क्रियाकलापप्रति पालिका चनाखो रहेको स्पष्ट पार्दै समाजलाई समृद्ध बनाउन सर्वसाधारणको भूमिका पनि महत्वपूर्ण हुने औंल्याए ।

त्यस अवसरमा अन्नपूर्ण २ का अध्यक्ष पिताम्बर भण्डारी, सेवा केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष मनपति भण्डारी, कोषाध्यक्ष कृष्णबहादुर तामाङ, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, सदस्य बाबुराम भण्डारी लगायतले पनि धारणा राखे । स्थानीय मोर्निङस्टार मावि, माछापुच्छे« मावि र दुर्गाभवानी आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै