शैक्षिक जनशक्तिको पलायन नै अहिलेको चुनौती : प्रधानमन्त्री प्रचण्ड

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
pokhara university convocation (1)

पोखरा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन नै अहिलेको मुख्य चुनाैती रहेको बताएका छन् ।

सोमबार कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक जनशक्तिको विदेश पलायन देशका लागि चुनौतीको विषय भएको बताए ।

तस्बिर

‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु’, उनले भने, ‘विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।’

हेर्नुहोस पूर्णपाठ ।

thumbnail of दीक्षान्त-समारोहमा-सम्वोधनको-पूर्णपाठ

Related News

सम्बन्धित समाचार

hero news full width