कांग्रेस नेता घलेको निधन

आदर्श समाज सम्वाददाता
माघ २४, २०७९
karma death

पोखरा । नेपाली कांग्रेसका नेता कर्मा घलेको निधन भएको छ । मनाङ कांग्रेसका प्रर्व कोषाध्यक्ष र प्रतिनिधि सभाका पूर्व सांसद समेत रहेका घलेको मंगलबार ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनी केही समयदेखि अस्वस्थ भएर उपचार गराइरहेका थिए । उनको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

घलेको निधनले कांग्रेस मनाङलाई अपुरणीय क्षति पुगेको भन्दै नेपाली कांग्रेस मनाङले शोक व्यक्त गरेको छ । उनको काठमाडौंमै अन्त्येष्टि गरिने कांग्रेस नेता तथा नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width