सिद्धेश्वर महिला समूहमा कमला बास्तोला

आदर्श समाज सम्वाददाता
माघ ५, २०७९
siddheswor

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ स्थित सिद्धेश्वर महिला समूहको अध्यक्षमा कमला अधिकारी बास्तोला निर्वाचित भएकी छन् । समूहको २०औं साधारणसभा तथा नवौं अधिवेशनले बास्तोलालाई २ वर्षको कार्यकालका लागि सर्बसम्मत निर्वाचित गरेको हो ।

समूहको उपाध्यक्षमा दुर्गा बास्तोला, सचिवमा जमुना बास्तोला, कोषाध्यक्षमा रजनी पौडेल बास्तोला र सहसचिवमा मञ्जु अधिकारी निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा विद्या बास्तोला, सरीता अधिकारी, सावित्री बास्तोला, रजनी बास्तोला, लक्ष्मी बास्तोला, गीता बास्तोला, भगवती आचार्य, भगवती चिलवाल, पार्वती बास्तोला, सीता बास्तोला, हरिमाया बास्तोला र वसुन्धरा बास्तोला छन् ।

अधिकृत नन्दप्रसाद आचार्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दैै पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्यले महिला समूहले समाज र महिला हक अधिकार, जनचेतना र महिलामा जागरणका लागि महत्वपूर्ण योगदान पु¥याएको बताए ।

उनले महिलाहरुको सबलीकरण र सशक्तीकरणको सवालमा संस्थाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनेमा विश्वस्त रहेको बताए । कार्यक्रमा वडा सदस्य सुशील बास्तोला, रनसुवा गुरूङ, समूहकी संस्थापक अध्यक्ष शारदा बास्तोला, पूर्व अध्यक्ष रेवती बास्तोला, फूलबारी क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहकी अध्यक्ष उमा बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला अधिकारी बास्तोलाले स्वागत, सचिव दुर्गा बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । साथै अध्यक्ष उमा बास्तोला, सचिव दुर्गा बास्तोला र कोषाध्यक्ष संगीता आचार्यद्वारा प्रस्तुत प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width