महेन्द्र आविको हीरक महोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७९
mahendra school

हेमजा । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले वर्तमान शिक्षा व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । अन्नपूर्ण–१, नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हीरक महोत्सव मंगलबार उद्घाटन गर्दै केसीले त्यस्तो बताएका हुन् । गाउँपालिका शिक्षा क्षेत्रका समस्या समाधान गर्न आतुर रहेको उल्लेख गर्दै उनले शिक्षकलाई इमानदारपूर्वक सेवामा लाग्न सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा र चेतना नभएसम्म कुनै पनि काम सफल नहुने उल्लेख गर्दै अभिभावकले बालबालिकाका हरेर क्रियाकलापमा चासो राख्नुपर्ने बताइन् ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता भरतमान गुरुङ, वडा ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर), वडा २ का अध्यक्ष पिताम्वर भण्डारी, वडा १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, माछापुच्छ्रे माविका अध्यक्ष मनपति भण्डारी, गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख बलराम भुगाई, अर्थ संकलन समिति संयोजक लोकराज भण्डारी, अतिरिक्त क्रियाकलाप संयोजक नेत्रप्रसाद सुवेदी, पूर्व अध्यक्ष सूर्य परियार, माछापुच्छ्रे माविका प्रअ घनश्याम पौडेल, सिर्जना माविका प्रअ फणीन्द्रराज सुवेदी, पूर्व विद्यार्थी बाबुराम भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रअ ढकराज सुवेदीले महेन्द्रलाई पुरानो ऐतिहासिक विद्यालयका रुपमा चिनाउँदै बीचमा धर्मराएको विद्यालयले हाल सबैको माया पाई पुनर्जीवन पाउनु सुखद भएको औंल्याए ।

कार्यक्रमबीच विद्यार्थी सृष्टि रसाइली, ऋदम, डिनिसा विक नेतृत्वका टोलीले विभिन्न सांस्कृतिक प्रस्तुति राखे भने शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो ।

विद्यालय अध्यक्ष नरपति दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ सुवेदीले स्वागत तथा स्थानीय दिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए ।

विद्यालयले मंसिर २३ देखि विभिन्न कार्यक्रम गर्दै हीरक महोत्सव मनाइरहेको छ । विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा बुधबार महोत्सव समापन हुनेछ । २०१६ मंसिर २८ मा महेन्द्र मिडिल स्कुलबाट सुरुआत सो विद्यालयले ६३ औं वसन्त पार गरेको अवसरमा हिरक महोत्सव मनाएको हो । विद्यालयमा हाल बाल कक्षादेखि ५ सम्म १ सय २७ विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै