भोट पहिला, नेतृत्वमा महिला

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७९
Mahila news

पोखरा। सरकारले मंसिर ४ का प्रतिनिधि र प्रदेश सभाका निर्वाचनको मिति घोषणा गरेलगत्तै देशभर निवार्चनको महोल सुरु भएको छ । संविधानमा कम्तिमा ३३ महिला प्रतिनिधिको व्यवस्था अनिवार्य गरिएपछि उनीहरूमा उत्साह जागेको छ । उनीहरु मध्ये कोहीले राजनैतिक दल र कोहीले स्वतन्त्र उम्मेदवारी प्रस्तुत गर्दै निर्वाचनमा होमिएको छ ।

कास्की जिल्लामा पनि साना तथा ठूला पार्टीबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार छन् । कास्कीका महिला उम्मेदवारसँग ‘भोट पहिला, नेतृत्वमा महिला’ विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । संचारिका समुह गण्डकीको आयोजनामा भएको कार्यक्रममा कास्कीबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वार बनेका महिलाहरु उपस्थित थिए । उक्त कार्यक्रममा कोपिला नेपाल र पोखरा लेडी जेसिसले सहकार्य गरेको थियो । भने, शान्तिका लागि नागरिक समाज कास्की र महिला मानव अधिकार रक्षक संजाल कास्कीले सहयोग गरेको थियो ।

मुलुकमा हरेक क्षेत्रमा समानुपातिक सहभागिताको प्रंश्न पेचिलो बन्न पुगेको छ । जुन माग सय प्रतिशत पूरा नभए पनि क्रमशः उकालो लाग्दो अवस्थामा भने अवश्य छ । कुनै समय मुलुकका मुख्य पाँच पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखमध्ये राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशको जिम्मेवारी महिलाले सम्हालेका थिए । देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आएसँगै महिलाले सामाजिक, आर्थिक र राजनीतिक नेतृत्वको जिम्मेवारीसमेत लिन थालेका छन् । यही अवस्थामा उनीहरुले सदनमा गतिलो उपस्थिती चाहन्छन् । उनीहरु आफुलाई समानुपातिक भन्दा पनि प्रत्यक्षमा सबल ठान्छन् । तर, पछिल्लो समयमा नेपालमा ठूला भनिएका दलहरुले नै महिलालाई प्रत्यक्ष उठाउन आनाकानी गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width