महानगरले खालि गर्‍यो सृजनाचोक स्थित भवनको भूमिगत पार्किङ,  सर्वसाधारणले समेत पार्किङ गर्न पाउने

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७९
Parking 1
पोखरा।  पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो ।
यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो ।  सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताउनुभयो ।
‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ प्रमुख आचार्यले भन्नुभयो । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताउनुभयो ।
बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताउनुभयो । ‘यसको कार्यान्वयनका लागि ३५ दिने सूचना सहित पत्र समेत पठाइएको  छ, उहाँले भन्नुभयो । पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागि उपयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो । भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । भूमिगत पार्किङमा सञ्चालन गरिएका व्यवसायहरू तोकिएको समय भित्र नै स्थानान्तरण गर्न उहाँले व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो ।
यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…
  • समानुपातिकमा ठूला दलको मत घट्यो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । स्याङ्जा २ को गणना बाँकी हुँदा प्रदेश सभा निर्वाचन अन्तर्गत गण्डकीबाट प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रको नतिजा आएको छ…
  • कारागार अनुगमन प्रतिवेदन : सिधा अपुग भएको कैदीबन्दीको गुनासो

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् । प्रदेशभित्र रहेका…
  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…

hero news full width