गुम्बामा मूर्ति प्राणप्रतिष्ठा

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
gumba progrem photo

हेमजा । माछापुच्छ्रे गाउँपालिका–९, तक्रोस्थित कर्ण छन्छा दोर्जे गूम्बामा शुक्रवार मूर्ति प्राणप्रतिष्ठा भएको छ ।
सो अवसरमा स्थानीय मनिलाल माविदेखि गुम्बासम्म शान्ति पदयात्रा निकालियो । यात्रामा सयौं स्थानीय भेषभूषामा सजिएर बाजागाजा सहित रमाइलो गरे ।
कार्यक्रममा सहयोगदाता रक्षाबहादुर तामाङ (योञ्जन) ले सबै मिली गाउँ विकास गर्नुपर्नेमा जोड दिए । उनले धर्म संस्कृति रक्षा गर्नुपर्ने औंल्याउँदै धर्म नभएमा/नमानेमा समाज छाँडा बन्दै जाने भनाइ राखे ।
गुम्बा अध्यक्ष सुकबहादुर तामाङले सबैको सद्भावबाट गुम्बा स्थापना भएको जनाउँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सुनाए । कार्यक्रमबीच योञ्जन परिवारले गुम्बामा करिब १० लाखको लागतमा ३ थान मूर्ति र ९ थान मणिसमेत प्रदान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै