मानव अधिकार रक्षक सञ्जालमा लक्ष्मी

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
human right

पोखरा । मानव अधिकार रक्षक सञ्जाल गण्डकी संयोजकमा लक्ष्मी जिसी चयन भएकी छन् । सञ्जालको शनिबार पहिलो बैठकले बागलुङकी जिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिति सहसंयोजक कास्कीका रामबहादुर पौडेल, महसचिव पर्वतका माधव पौडेल, सचिव नवलपुरका खड्कमान मानन्धर, कोषाध्यक्ष लमजुङका चन्द्रबहादुर मिश्र चयन भए । सदस्यमा मीनकाशी गुरुङ (मनाङ), पुष्पा शेरचन (मुस्ताङ), हरिप्रसाद पौडेल (म्याग्दी), कल्पना पौडेल (तनहुँ), ओमप्रसाद शर्मा (स्याङ्जा) र हरेराम उप्रेती (गोरखा) छन् ।
समितिले अपांगता समूहका अञ्जना केसी, उत्पीडिततर्फ फेडो कास्की, सुरक्षा गृहतर्फ शक्ति समूह र स्वास्थ्यकर्मीतर्फ मेडिकल एसोसिएसन गण्डकीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको छ ।
गत फागुन २० र २१ मा पोखरामा सम्पन्न प्रदेशस्तरीय मानवअधिकार सम्मेलनको परामर्शबमोजित गठित सञ्जालले झण्डै ३ सातापछि पदाधिकारीको टुंगो लगाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै