भ्रष्टाचारविरुद्ध नागरिक निगरानीमा डोलराज

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
corruption

पोखरा । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था कास्की अध्यक्षमा डोलराज पाण्डे चयन भएका छन् । संस्थाको शनिबार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्ष लक्की कार्की, सचिवमा भानु पराजुली र कोषाध्यक्षमा दुर्गाकुमारी शर्मालाई चयन गरेको छ । सदस्यमा रमेश शर्मा र दामोदरभक्त थापा छन् । रिक्त सहसचिव र २ सदस्य पछि थप गरिनेछ ।
नेपाल बार एसोसियसन केन्द्रीय उपाध्यक्ष समेत रहेका अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा गठित समितिले निर्वाचन सम्पन्न गरेको थियो ।
नेपाल पत्रकार संघ कास्कीका संस्थापक तथा नागरिक अगुवा उमाकान्त शर्माले साधारणसभा उद्घाटन गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाएर सचेतना गराउनु महत्वपूर्ण कुरा भएको उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिमा शुद्धीकरण आवश्यक रहेको बताए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले समाजमा हुने गरेका भ्रष्टाचारलाई स्थानीय निकायमा गठित न्यायिक समितिले नै छनविन गरी कारबाही गर्न सक्ने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी देवीप्रसाद थपलियाले भ्रष्टाचार खोजीको विषय जटिल र अनुसन्धानमा समय लाग्ने हुँदा ढिलो हुने बताए । अधिवक्ता सुरेन्द्र थापाले संस्थाहरु हजारौं भएपछि भ्रष्टाचारविरुद्ध आवाज उठाउने संस्था केहीमात्र भएको उल्लेख गर्दै भ्रष्टाचार गर्दिनँ भन्ने प्रतिबद्धता अभियान घरघरबाटै सुरु गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै