‘कांग्रेस जागरणमा पत्रकारको भूमिका महत्वपूर्ण’

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
ajaya babu

पोखरा । नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले काँग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पु¥याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाली प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै सिवाकोटीले प्रविधिको प्रयोगसँगै सञ्चार क्षेत्रलाई पार्टीले सँगसँगै लैजानुपर्ने बताए ।
युनियनको महाधिवेशन घोषणा भइसकेकोले पार्टीको नियम, कानुन र परिधिमा रहेर काम गर्नुपर्ने उनको धारणा थियो । प्रेस युनियनका निवर्तमान महासचिव समेत रहेका सिवाकोटीले पार्टीले एमसिसीसँगै बिआरआई पनि काँग्रेसले स्वीकार्ने बताए ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले पत्रकारिताको मर्मका आधारमा कलम चलाउनुपर्ने बताए । उनले काँग्रेसलाई समर्थन गर्छु भन्दैमा काँग्रेसकै पक्षमा लेख्नुपर्छ भन्ने छैन, पत्रकारिताको आचारसंहिता जे हो सोही अनुसार कलम चलाउनुपर्ने सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै