प्रदेशस्तरीय विद्यार्थी प्रतिभा पहिचान

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
dance

पोखरा । शिक्षा विकास महाशाखा गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा प्रदेशस्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम भएको छ ।
कार्यक्रममा नृत्यतर्फ कुमुदिनी होम्स, पोखराकी सीमा पुन प्रथम, प्रकाश मावि बेनीका मिलन थापामगर दोस्रो र जनता मावि जैमिरे बागलुङका विकास क्षेत्री तेस्रो भए ।
गायनतर्फ न्यु वेस्ट पोइन्ट आवासीय मावि म्याग्दीका लकुश पुन प्रथम, अम्मर मावि काठेखोला बागलुङका समीप परियार दोस्रो र द ओर्ड क्यापिटल गोरखाका जितेन्द्र गुरुङ तेस्रो भए ।
प्रमुख अतिथि शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले समय समयको विद्यार्थीको प्रतिभा छनोट गर्न सकेमा विद्यार्थीको मनोबल उच्च हुने बताए ।
शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शाखा अधिकृत बिमला शर्मा र संचालन घनश्याम पौडेलले गरेका थिए । कार्यक्रममा जनप्रिय मावि, सिमलचौरका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै