कस्मेटिक व्यवसायी संघको सभा

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
cosmeticss

पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीको आठौं वार्षिक साधारण सभा शनिबार पोखरामा भएको छ । सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायीका हकहितका लागि संस्थालाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनले कोरोना महामारीमा भएको लकडाउनबाट व्यवसायी बिस्थापित हुनुपर्नेसम्मको स्थिति आएको अवस्थामा पनि कर, ब्याज र घर भाडाको मार थेग्नु परेको उल्लेख गर्दै व्यवसायीका समस्या सुल्झाउन पोखारा उद्योग वाणिज्य संघ प्रयासरत रहेको बताए ।
संघका उपमहासचिव केशबहादुर खत्रीले कस्मेटिक व्यवसायमा महिलाहरुको सहभागिता उल्लेखनीय देखिएको बताए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद बास्तोला, निवर्तमान अध्यक्ष उमापति ढकाल, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष राजु पौडेल, कपडा व्यवसायी एसोसियसन कास्कीका अध्यक्ष विष्णु तिमिल्सिनाले शुभकामना मन्तव्य राखेका थिए ।
सभाका अध्यक्ष तथा संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीले व्यावसायिक हकहितको लागि कार्यसमिति प्रतिबद्ध रहेर लागेको बताए । सभामा महासचिव शारदा भुजेल (सरु) ले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रथम उपाध्यक्ष दुर्गा बरालले धन्यवाद ज्ञापन गरिन् ।
साधारण सभाको उद्घाटन समारोहबीच अग्रज कस्मेटिक व्यवसायी बुद्ध विशाल बजारको भरत स्टोरका भरत जयसवाल र व्यवसायीका सन्ततीमध्ये प्लस टुमा सर्वाेत्कृष्ट अंक ल्याउने छात्र सफल भट्टराईलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग